जिम्बाब्वेले नेपाललाई दियाे १६१ रनकाे लक्ष्य « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जिम्बाब्वेले नेपाललाई दियाे १६१ रनकाे लक्ष्य


१४ आश्विन २०७६, मंगलबार


काठमाडौं । टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा जिम्बाब्बेले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।

इण्डियन एसोसिएसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्बे‍ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६० रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको हो ।

जिम्बाब्बेका लागि कप्तान सेन विलियम्सले विष्फोटक ब्याटिङ गर्दै चार चौका र तीन छक्का प्रहार गर्दै ३५ बलमा ५३ रन बनाए । त्यस्तै, रियन बरलले अविजित २७, पिटर मोर २१ र टिनोटेन्डा मुटम्बोद्जीले २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट लिए । सोमपालले चार ओभर बलिङ गर्दै १५ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै, सन्दीपले ४ ओभरमा २७ रन खर्चिएर दुई विकेट लिए । कप्तान पारस खड्का र अविनाश बोहराको नाममा समान १–१ विकेट रह्यो ।

शून्य रन हुँदा जिम्बाब्वेले पहिलो विकेटको रुपमा ब्रियन चारीलाई गुमाएको थियो । सुरुवातमै दबाबमा आएको जिम्बाब्वेले दोस्रो विकेटको रुपमा ३० रन हुदा रेगिस चकक्भालाई गुमायो । योसँगै जिम्बाब्वे झनै दबाबमा आएको थियो । तर जिम्बाब्वेको पारी कप्तान विलियम्सले उकासे ।

प्रतिक्रिया दिनुहोस