४० हजार घुससहित प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

४० हजार घुससहित प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ


१४ आश्विन २०७६, मंगलबार


pakrau

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग रु ४० हजार घुस लिएको अभियोग उनीहरुमाथि लागेको छ ।

आयोगको बुटवलबाट खटिई गएको टोलीले शिवराज नगरपालिका–५ चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलबाट पक्राउ गरेको हो । आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

Tags :
प्रतिक्रिया दिनुहोस