झापा । झापाको अर्जुनधारबाट ठूलो परिणाममा विस्फोटक पदार्थ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले आइतबार राति अर्जुनधारा नगरपालिका–१ स्थित एक घरमा भण्डारण गरी राखेको विस्फोटक पदार्थ बरामद गरेको हो।
बमका लागि आवश्यक निओजेल नाइन्टी (हाइ एक्सप्लोसिभ) लगायतका वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको विस्फोटक पदार्थ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
बरामद गरिएको वस्तु आज सोमबार बिहान ११ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने बताइएको छ ।
बरामद गरिएको विस्फोटक पदार्थ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको बताइएको छ । विप्लक नेतृत्वका जिल्ला सेक्रेटरी इलाम माङ्सेबुङ गाउँपालिका–१ का ३४ वर्षीय प्रवीण मिश्र ‘मनिष’, जिल्ला सदस्य हल्दीवारी गाउँपालिका–५ का ४४ वर्षीय टीका पोखरेल र मकवानपुर भिमफेदी गाउँपालिका–२ का २६ वर्षीय अनुल सारु मगरलाई पक्राउ गरी उनीहरुकै बयानका आधारमा विस्फोटक पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।







