दोलखामा आफ्नै ट्रकले च्यापेर चालकको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दोलखामा आफ्नै ट्रकले च्यापेर चालकको मृत्यु


प्रशासन संवाददाता

१० आश्विन २०७६, शुक्रबार


बस दुर्घटना

जिरी । दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ ।

ट्रक चालक ३५ वर्षका विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रबार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ ।

अस्पतालको ना ५ ख ८८५८ नम्बरको ट्रकमा अक्सिजनको सिलिण्डर लोड गर्ने क्रममा गाडीमा ओड नराखी झरेका चालक गाडी आफैँ सर्न खोजेपछि स्टेयरिङमा जान खोज्दा गाडी भित्तामा ठोकिन गई उनलाई अगाडिपटिको टायरले च्यापेको र उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस