२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी दुर्घटना हुँदा अमेरिकामा दुई नेपालीको मृत्यु

अ+ अ-

बोस्टन । अमेरिकामा सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ ।

केन्टकी राज्यमा गाडीको ठक्करबाट नेपालबाट घुम्न आएका एक नेपालीको मृत्यु भएको हो। नेपालबाट घुम्न आएका विष्णुप्रसाद सापकोटा लेक्जिङ्गटन शहरमा दुर्घटनामा परेको स्थानीय प्रहरीले बताएका छन्।

बुधबार बिहान घुम्न निस्केका सापकोटा रिचमण्ड रोड र न्यु सर्कल रोड आसपासमा दुर्घटनामा परेका थिए। बिहान ७ बजेर २० मिनेटमा दुर्घटनामा परेका उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो ।

पछि युनिभर्सिटी अफ केन्टकी अस्पतालमा मृत घोषित गरिएको स्थानीय समाचार संस्था लेक्स १८ ले जनाएको छ। दुर्घटना हुँदा ५८ वर्षीय सापकोटा बाटो छेउ हिँडीरहेका थिए।

दुर्घटनापछि बन्द गरिएको त्यस क्षेत्रको बाटो खुल्न करिब ३ घन्टा लागेको थियो। पारिवारिक स्रोतका अनुसार नेपाल बर्दिवास, महोत्तरी घर भई ३ हप्ता अघिमात्र छोरी बिनिता सापकोटा तथा ज्वाई रोशनराज घिमिरेलाई भेट्न आएका थिए। सँगै घुम्न निस्केकी उनकी घाइते श्रीमति विमला सापकोटाको हाल युनिभर्सिटी अफ केन्टकी अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै पेन्सलभेनिया राज्यस्थित ल्यानकास्टरमा मङ्गलबार कर्णबहादुर सुवेदी सडक दुर्घटनामा परेका हुन्। दुर्घटनामा घाइते कर्णबहादुर सुवेदीको उपचारको क्रममा मृत्यु भएको स्थानीय ल्यानकास्टर अनलाइनले जनाएको छ।

सडक पार गर्ने क्रममा स्टोन मिल रोडमा मंगलबार दिउँसो १ बजेर ४४ मिनेटमा गाडिले ठक्कर दिँदा गम्भीर घाइते भएका नेपाली–भाषी भूटानी सुवेदीलाई उपचारका लागि नजिकैको ल्यानकास्टर जनरल अस्पताल लगिएको थियो।

६१ वर्षीय सुवेदी डोगना भूटानमा जन्मिएका हुन्। उनी सन् २०१२ मा पुनर्वासका क्रममा सपरिवार अमेरिकामा आएका हुन्।