२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दियामा वडाध्यक्षद्वारा गाउँपालिका कार्यालयमा तालाबन्दी

अ+ अ-

राजापुर । विशेष गाउँसभाको माग गर्दै बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकामा वडाध्यक्षसहित जनप्रतिनिधिले विशेष गाउँसभाको माग गर्दै तालाबन्दी गरेका हुन् ।

वडाध्यक्ष र सदस्यहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै आइतबार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट झुक्याएर पास गरिएको, शिक्षा कार्यविधिलगायतका ऐन निर्माणमा एकलौटी रुपमा थाहा नदिई पास गरेको, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीको सेवा सुविधा अनावश्यक रुपमा थप गरिएको, शिक्षक निर्देशिका विपरीत अनावश्यक शिक्षक र विषय थप गरी नयाँ शिक्षकको विज्ञापन गरिएको भन्दै तालाबन्दी गरेको बताइएको छ ।

त्यसैगरी शिक्षकको विज्ञापन शिक्षा सेवा आयोगले लिने शिक्षक अनुमतिपत्रको परीक्षासँग जुधेको हुँदा परीक्षा स्थगित गरी र तत्काल शिक्षक तथा विद्यार्थीको अनुपातमा शिक्षक मिलान गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले कार्यालयमा तालाबन्दी गर्दा जनप्रतिनिधिहरुले कुनै सल्लाहसमेत नगरी कर्तव्य र मर्यादा विपरीतको काम गरेको आरोप लगाए । गाउँसभाले जनाताका चाहना र आकांक्षा विपरीत कुनै पनि निर्णय नगरेकाले जनप्रतिनिधिले नै कार्यालयमा ताला लगाउनु नसुहाउने उनको भनाइ छ ।