पाकिस्तानमा डेङ्गुबाट यस बर्ष १६ को मृत्यु, नौ हजार प्रभावित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तानमा डेङ्गुबाट यस बर्ष १६ को मृत्यु, नौ हजार प्रभावित


३ आश्विन २०७६, शुक्रबार


इस्लामावाद । पाकिस्तानमा डेङ्गुका कारण यस बर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार डेङ्गुबाट देशभरी अरु ९ हजार ६ सय ३४ जना प्रभावित भएका छन् ।

रोग निगरानी विभागका प्रमुख राना साफ्डारले सिन्ध प्रान्तमा २१ सय ३२ जना, पञ्जावमा २८ सय १६ र दक्षिण पश्चिमी बालुचिस्तानमा १७ सय ७२ जना विरामी भएको जानकारी दिए ।

त्यसैगरी उत्तरपश्चिमी खैबर पख्तुन्ख्वा प्रान्तमा १६ सय १२, केन्द्रीय राजधानी इस्लामावादमा एक हजार २१० जना र पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा ९२ जनालाई डेङ्गु लागेको उनले बताए ।

अधिकारीहरूका अनुसार सिन्धमा मात्रै आठ जनाको डेङ्गुका कारण मृत्यु भएको छ भने इस्लामावाद र बालुचिस्तानमा तीन, तीन जना र पञ्जावमा दुई जनाको मृत्यु भएको छ ।

देशभरी डेङ्गुको प्रकोप बढ्दै गएपछि लामखुट्टे मार्ने तथा नयाँ फैलिन नदिने उपायका लागि विभिन्न अभियानहरू चलाइएको छ ।

स्वास्थ्य विभाग र स्थानीय सरकारहरुले देशभरीका बढी प्रभावित क्षेत्र तोकेर विषेश अभियान चलाएका हुन् ।

उनीहरुले आफ्ना अस्पताल र निजी अस्पतालहरूलाई डेङ्गुबाट प्रभावितहरूलाई उपचारका लागि छुट्टै वार्ड र स्वास्थ्यकर्मीहरूको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

सरुवा रोग तथा निगरानी विभागको टोलीले रोगको प्रभावमा पहिला भन्दा केही कम हुदै गएको जनाएको छ ।

अधिकारीक तथ्याङ्कका अनुसार सन् २०१० देखि अहिलेसम्म पाकिस्तानमा ६० हजार जना विरामी भएका छन् भने ३५० भन्दा बढी विरामी भएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस