२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले संविधान प्रदत्त अधिकारलाई तोडमोड गरेको छैन : नेता शर्मा

अ+ अ-

काठमााडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले सरकारले संविधान प्रदत्त अधिकारलाई तोडमोड नगरेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले संविधानको मूलमर्म र भावना विपरीत कार्य गर्ने अधिकार कसैलाई नभएको भन्दै सत्ता पक्ष र प्रतिपक्ष लोकतान्त्रिक आन्दोलनका सहयात्री भएको बताए ।

सङ्घीय संसद्को चौथो अधिवशेन अन्त्यको अवसरमा धारणा राख्दै नेता शर्माले सभाका बैठकमा सांसदको सक्रिय सहभागिता र उपस्थिति, समिति सभापतिको भूमिका र सरकारका मन्त्रीहरुको महत्वपूर्ण सहभागिता रहेको उल्लेख गरे ।

नेपाली काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभा बैठक कतिपय अवस्थामा सरकारको छायाँजस्तो पनि देखिएको टिप्पणी गरे । उनले संसद्ले निर्माण गर्ने कानून सत्ता पक्ष र प्रतिपक्षका लागि नभई समग्र जनताका लागि भएकाले विवेकलाई धरौटीमा नराखी मनको वास्तविक अभिलाशाअनुसार काम गर्नुपर्ने बताए।

अधिवेशन अन्त्यको बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद वृर्षेशचन्द्र लालले केही समययता नेताहरुबाटै राज्य प्रणालीमाथि खतरा देखिएको भन्ने अभिव्यक्ति आएको भन्दै यसमा कुनै खतरा नरहेको स्पष्ट पारे । उनले राज्य प्रणालीमाथि खतरा देखिए वर्तमान राजनीतिक नेतृत्व बढी जिम्मेवार हुनुपर्ने विचार व्यक्त गरे ।

सङ्घीय समाजवादी पार्टीका सांसद प्रमिला कुमारीले संसद् बैठकको शून्य र विशेष समयमा उठाइका विषय सरकारबाट उचित सम्बोधन नहुने गरेको आरोप लगाउँदै मुलुकमा विभिन्न भ्रष्टाचार र अनियमितताका घटना बढे पनि सरकार गम्भीर हुन नसकेको टिप्पणी गरे ।

सङ्घीय संसद्को चौथो एवं बजेट अधिवेशनको आज राति १२ बजेदेखि अन्त्य भएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट सोसम्बन्धी प्राप्त पत्रको ब्यहोरा पढेर सुनाएका थिए । बैठकमा यसअघि विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले आर्थिक वर्ष २०७५/७६ को समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस