२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निराश हुनुपर्ने ठाउँ छैन : नेम्वाङ

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संविधान निर्माण भएको चार वर्षमा महत्वपूर्ण आधार खडा गरेको हुँदा निराश हुनुपर्ने ठाउँ नरहेको बताएका छन् ।

चौथो अधिवेशनअर्थात् बजेट अधिवेशनको समापनका अवसरमा उनले संविधानकै आधारमा उभिएर समग्र विकास गर्न सक्ने अवस्था रहेको बताए । ‘नेपाली इतिहासमा संविधानका लागि अब राजनीतिक आन्दोलन गर्नुपर्ने आवश्यकता रहेन, समृद्ध नेपाल निर्माणका लागि आधार तयार गरेका छौँ’, उनले भने, ‘जनताका लागि जनताकै प्रतिनिधिले बनाएको नेपालको संविधानले विश्व इतिहासमै शीर ठाडो हुने र छाती फुल्ने काम गरेका छौँ, अति कति पनि निराश हुनुपर्ने ठाउँ छैन ।’ नेता नेम्वाङले संविधान कार्यान्वयनका क्रममा भएका केही कमीकमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।

पूर्वसभामुख नेम्वाङले चौथो अधिवेशनमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरणको कानून निर्माण गरेको र ७० वर्ष लामो जनताको भावनालाई मूर्तरुप दिँदै सत्तापक्ष र प्रतिपक्ष सबै लिएर अहिलेको अवस्थामा ल्याउनु महत्वपूर्ण काम भएको स्पष्ट पारे ।

‘नेपालको संवैधानिक इतिहासमा यसअघिका संविधानका स्रोत तत्कालीन शासक थिए तर वर्तमान संविधानको स्रोत जनता नै हुन ।’ नेता नेम्वाङले भने, ‘अहिलेको संविधानको प्रस्तावनामा नै हामी सार्वभौमसत्ता नेपाली जनता, संविधानसभाबाट नै संविधान बनाएर घोषणा गर्छौं भनेर लेखिएको छ, नेपालको इतिहासमा पहिलोपटक जनताका लागि जनताले बनाएको संविधान हो ।’

नेपालको इतिहासमा महत्वपूर्ण काम सम्पन्न गरेको उल्लेख गर्दै उनले संविधान कार्यान्वयन गरेर यहाँसम्म आइपुग्दा प्रतिपक्ष, सत्तापक्ष सबै एकता भएर कार्यान्वयन गर्ने सिलसिलामा अगाडि गरेको स्मरण गरे । संविधानअनुसार तीन तहको निर्वाचन सम्पन्न गरी मौलिक अधिकारका कानून तीनवर्षभित्र बनाउनु ठूलो सफल गरेको उल्लेख गर्दै शान्ति प्रक्रियाको बाँकी रहेको सङ्क्रमणकालीन न्यायको काम पनि छिट्टै निष्कर्षमा पुर्‍याउने उल्लेख गरे ।

‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कानून नयाँ पदाधिकारी ल्याउने तयारी भइरहेको छ’, नेता नेम्वाङले भने, ‘अन्तर्राष्ट्रिय कानून, सर्वोच्च अदालतको फैसला र सरोकारवाला पक्षसँग छलफल गर्ने अन्तिम गृहकार्य गरेर टुङ्ग्याछौँ, एक वर्षमा नसकिए, दुई वर्षभित्र काम काम सम्पन्न गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस