भीभीआईपी चढ्ने १ अर्ब ४० करोडको सेनाको हेलिकोप्टर काठमाडौं आइपुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भीभीआईपी चढ्ने १ अर्ब ४० करोडको सेनाको हेलिकोप्टर काठमाडौं आइपुग्यो


२ आश्विन २०७६, बिहिबार


काठमाडौं । भिभिआइपीका लागी १ अर्ब ४० करोडको नयाँ हेलिकोप्टर काठमाडौं आइपुगेको छ । उच्च पदस्थ व्यक्तीहरुको लागी प्रयोग हुने र नेपाली सेनाले सञ्चालन गर्ने गरी खरिद गरिएको हेलिकोप्टर बिहिबार काठमाडौं आइपुगेको हो ।

नेपाली दर्ता नं. ‘नाइएन पिएमए’को उक्त हेलिकोप्टर १ अर्ब ४० करोडमा इटलीबाट खरिद गरिएको हो । आठसिट क्षमता भएको यो हेलिकोप्टर नेपाली सेनाको स्वामित्वमा सञ्चाल हुने छ भने दर्ता र नियमन भने नागरिक उडड्यन प्राधिकरणले गर्ने बताइएको छ ।

आठ सिट भएको उक्त हेलिकोप्टर को भिभिआइपीको प्रयोजनको लागी सिटको संख्या घटाएर उडान गर्न सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस