पश्चिमी इन्डोनेसिया ६.१ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पश्चिमी इन्डोनेसिया ६.१ म्याग्निच्युडको भूकम्प


२ आश्विन २०७६, बिहिबार


जाकार्ता । इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन् ।

यस भूकम्पलाई शुरुमा ५.६ म्याग्निच्युड भएको जनाइएको थियो । तर केही समयपछि सो रिपोर्टलाई अपग्रेड गरिएको सो निकायका अधिकारी अल्फाथ अबुबाकरले सिन्ह्वा समाचार समितिलाई टेलिफोनमार्फत जानकारी दिएका छन् ।

यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिलगायत अन्य विस्तृत प्राप्त नभएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस