बिरामी बोकेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बिरामी बोकेको जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता


१ आश्विन २०७६, बुधबार


विराटनगर । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।

को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् ।

संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर जीप आउँदै धरानतर्फ आउँदै थियो ।

प्रहरीका अनुसार जीपमा सवार एकै परिवारका तीन जना संगम राई, उनकी श्रीमती र ३ वर्षीय छोरा बेपत्ता भएका छन् ।

यस्तै चालक सन्तोष विक र अन्य २ जना पनि बेपत्ता भएकामा परिचय खुल्न सकेको छैन ।

अरुणमा खसेको जीपको प्रहरी टोलीले खोजीकार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस