लागुऔषधसहित दुई जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लागुऔषधसहित दुई जना पक्राउ


३१ भाद्र २०७६, मंगलबार


pakrau

काठमाडौं । काठमाडौँको विभिन्न स्थानबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट सुनसरी भानुचोक नगरपालिका–७ बस्ने २६ वर्षीय आशिष श्रेष्ठलाई नियन्त्रित लागुऔषध डाइजेपाम ९ एम्पुल, नुपिजेसिक ९ एम्पुल र फेनारगन ९ एम्पुलसहित आज प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धरानबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ९४७९ नंको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागुऔषधसहित फेला परेको प्रहरी सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।

यसैगरी काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने झापा काँकडभिट्टा घर भएका २७ वर्षीय युवराज तिमिल्सिनालाई अवैध लागुऔषध २८ ब्राउनसुगरसहित आज पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले युवराजलाई साथमा बोकी हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ । दुवै जनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस