नेपाल बैंक लिमिटेडमा ठूलो संख्यामा कर्मचारी माग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल बैंक लिमिटेडमा ठूलो संख्यामा कर्मचारी माग


३० भाद्र २०७६, सोमबार


काठमाडौं । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । देशभरका सातवटै प्रदेशका शाखाहरुको लागि बैंकले ५६२ जना कर्मचारी पदपूर्ति गर्न विज्ञापन गरेको हो ।

सहायक प्रबन्ध (तह ६) का लागि १२६ जना, सहायक प्रबन्धक सीएका लागि १० जना, आई टी सहायक का लागि ४ जना र सबै प्रदेशका लागि सहायक चौथो तहमा ३५२ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

यस्तै, कनिष्ठ सहायक (तह ३) पदका लागि ७० जनाको माग गरेको छ ।

बैंकले योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइन प्रणालीमार्फत भाद्र ३० गतेदेखि दरखास्त भर्न आह्वान गरेको छ । दरखास्त दिने अन्तिम म्याद असोज १९ गतेसम्म रहेको छ ।

हेर्नुहोस् विज्ञापन

 

 

प्रतिक्रिया दिनुहोस