२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा दुईको मृत्यु

अ+ अ-

चितवन । पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तामाङको मृत्यु भएको हो । यस्तै कालिका नगरपालिका–७ गैँडाखोलामा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको हो ।

प्रहरीका अनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको युपी२१सीएन ३१८८ जी नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना१२प ४९०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करका कारण मोटरसाइकल चालक घाइते तामाङको उपचारका क्रममा मृत्यु भएको हो । यस्तै सोही मोटरसाइकलमा सवार राप्ती नगरपालिका–१ का १४ वर्षीय उत्सव श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अवस्था मध्यम छ ।

यस्तै कालिका नगरपालिका–७ गैँडाखोलास्थित भित्री सडकखण्डमा जुटपानीबाट क्लबचोकतर्फ आउँदै गरेको ना३त १३३५ नंको ट्र्याक्टरले विपरीत दिशातर्फ गइरहेको ना४१प ९८४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ष्ठको मृत्यु भएको हो । श्रेष्ठको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सोही स्थान बस्ने ३० वर्षीय मुकेश पौडेल घाइते भएका छन् ।

घाइते पौडेलको अवस्था खतरामुक्त रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।