कङ्गोमा रेल दुर्घटनामा परी ५० को मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कङ्गोमा रेल दुर्घटनामा परी ५० को मृत्यु


२६ भाद्र २०७६, बिहिबार


लुबुम्बाशी, कङ्गो । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा बिहीबार भएको रेल दुर्घटनामा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेको रेल रेलमार्गबाट बाहिर निस्कीएर बिहीबार बिहान दुर्घटना भएको मानवीय सहायता मन्त्री स्टेभ एमबिकायीले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘फेरी अर्को बज्रपात १ स्थानीय समयअनुसार बिहान ३ बजेतिर ताङ्गान्यीक प्रान्तको मायीबारीदीमा रेल मार्ग छाडेको रेल दुर्घटनामा पर्‍यो, अहिलेसम्म ५० जनाको मृत्यु भएको छ, अरू धेरै घाइते भएका छन् ।’

कङ्गोमा रेल मार्गको अवस्था अत्यन्त नाजुक रहेको र सुरक्षित नरहेको मानिन्छ । खराब अवस्थाको रेल मार्गका कारण धेरै दुर्घटना हुने र धेरै जनाको ज्यान जाने गरेको छ ।

गत मार्चमा भएको अर्को एक दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस