नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ गते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ गते


२६ भाद्र २०७६, बिहिबार


काठमाडौं । नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ गते हुने भएको छ । नयाँ नेतृत्व चयन गर्न सर्वोच्चले निर्वाचनको बाटो खोलिदिएपछि भदौ २८ गते बिहान ८ बजेदेखि सातदोबाटोस्थित कार्यालयमा निर्वाचन हुने भएको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा निर्वाचन हुने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जनाएका छन् ।

यसअघि नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचनको मतदान कार्यक्रम भदौ २० गते तोकिएको थियो ।

कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले निर्वाचन स्थगित गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।

सर्वोच्चले भदौ १७ गते निर्वाचन नगर्न अन्तरिम आदेश दिएको थियो ।

गत आइतबार दुवै पक्षसँग छलफल गरेपछि न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न नपर्ने फैसला सुनाएको थियो ।

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठको उम्मेदवारी छ । महासचिव पदमा भने उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे र जीवनराम प्यानलबाट निलेन्द्रराज श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस