प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि टिचिङ अस्पतालमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि टिचिङ अस्पतालमा


२५ भाद्र २०७६, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । बुधबार विहानै उनी त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन् ।

सिंगापुरबाट लामो उपचार पछि फर्किएका प्रधानमन्त्री ओली फलो अपका लागि त्रिवि शिक्षण अस्पताल पुगेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्रोतले जनाएको छ । तर प्रधानमन्त्रीको सचिवालयले भने यसबारे कुनै पनि जानकारी दिएको छैन ।

उनको स्वास्थ्य जाँज सुरु गरिएको जनाइएको छ ।

यसअघि प्रधानमन्त्रीको सिंगापुरमा १० दिनसम्म मिर्गौलाको उपचार गरिएको थियो।

उनी यही २० गते स्वदेश फर्किएका थिए। उनको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो।

उनको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो। सिंगापुरमा उनको सात पटक प्लाज्माफेरेसिस गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस