२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भएको छ । भेटपछि प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले दिएको जानकारी अनुसार नेपाल चीन सम्बन्धलाई अझ उचाइमा पुर्याउन आफू प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो विगतको चीन भ्रमणको स्मरण गर्दै त्यसबेला भएका सहमती कार्यन्वयन गर्दै सम्बन्धलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

हामी विगतका सहमती अनुसार अघि बढेर जान चाहन्छौं र तपाईंको यो भ्रमणले पनि त्यसतर्फ अघि बढ्नलाई प्रेरित गर्नेछ भन्ने विश्वास छ ‘ भेटमा प्रधानमन्त्रीले भनेको कुरा उधृत गर्दै डा.भट्टराईले भने ‘ दुई पक्षीय सम्बन्धका विभिन्न पक्षहरु छन् । शैक्षिक,सामाजिक क्षेत्र होस,चाहे पूर्वाधार विकासको क्षेत्र होस यी सहयोगका सबै क्षेत्रलाई बिस्तार गर्ने र चीनले नेपाललाई महत्वका साथ हेरेको छ र महत्वका साथ अगाडी बढाउने कुरा जुन गरेको छ त्यसमा नेपाल खुशी व्यक्त गर्दछ । ‘

प्रधानमन्त्री ओलीले नेपाल एक चाइना नीतिको पक्षमा रहेको स्पष्ट पारेका छन् ।’ नेपालको भूभाग हामी हाम्रा कुनै पनि छिमेकी र मित्र राष्ट्रका विरुद्धमा प्रयोग गर्न दिदैनौ भन्नेमा हामी दृढ छौं ‘ भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपालले चीनबाट उच्च स्तरीय भ्रमण चाँडोहोस भन्ने चाहेको बताएका छन् । विदेशमन्त्री यीले त्यसतर्फ तयारी भइरहेकोले यो अपेक्षा चाँडै पुरा हुने बताएका छन् । ‘चीनबाट उच्च स्तरीय भ्रमणको तयारी हुदैछ । त्यो भ्रमण उपयुक्त समयमा हुने नै छ ‘ विदेश मन्त्री यीको भनाइ उधृत गर्दै डा.भट्टराईले भने ।

प्रधानमन्त्री ओलीलाई चिनीयाँ राष्ट्रपति सि जीङ पिङ र प्रधानमन्त्री लि खच्याङले सुस्वास्थ्यको लागि पठाएको शुभकामना विदेशमन्त्री यीले सुनाएका थिए । यो सदासयताका लागि प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस