प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम विष्फोट « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम विष्फोट


२३ भाद्र २०७६, सोमबार


झापा । झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडिमा बम विष्फोट गराइएको छ । आइतबार राति अज्ञात समूहले अधिकृत सागर मिश्र चढ्ने गाडिमा विष्फोट गराएको हो ।

विष्फोटबाट नगरपालिकाकाको बा २ झ २५७० नम्बरको जिप पूर्ण रुपमा क्षति भएको छ।

प्रहरीका अनुसार नगरपालिकाको गाडीमा राति साढे १२ बजे बम विष्फोट गराइएको हो। अधिकृत बस्ने घरमा अगाडि पार्किङ गरी राखिएको गाडीमा बिष्फोट गराइएको हो।

कार्यालयभित्र समेत शंकास्पद बस्तु हुनसक्ने भन्दै प्रहरीले चारआलीस्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोली झिकाएको छ। सो स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यस्तै, बिर्तामोडस्थित सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा पनि अज्ञात समूहले विष्फोट गराएको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा आइतबार राति साढे ११ बजे बम विष्फोट भएको प्रहरीले जनाएको छ । शक्तिशाली बम विष्फोट गराइएका कारण साहारा नेपालको गेट, गार्ड रुम, भवनमा प्रयोग गरिएका सिसा फुटेका छन् ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई राति नै नियन्त्रणमा लिएको छ।

घटनाको जिम्मेवारी भने अहिलेसम्म कसैले लिएका छैनन्।

Tags :
प्रतिक्रिया दिनुहोस