पुरस्कृत कर्मचारीलाई आज सम्मान पत्र वितरण गरिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पुरस्कृत कर्मचारीलाई आज सम्मान पत्र वितरण गरिँदै


प्रशासन विशेष ब्युरो

२२ भाद्र २०७६, आइतबार


समायोजन

काठमाडौँ । सरकारले पुरस्कृत निजामती कर्मचारीलाई आज सम्मान पत्र वितरण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा उत्कृष्ट निजामती सेवा पुरस्कार एवं निजामती सेवा पुरस्कार सेवा पुरस्कार प्राप्त गर्ने निजामती कर्मचारीलाई आज सिंहदरवारमा आयोजना गरिने विशेष कार्यक्रमका बिच वितरण गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

पुरस्कृत निजामती कर्मचारीहरुलाई ४ बजे उपस्थित हुनसमेत मन्त्रालयले भनेकोछ ।

एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको भएपनि गतवर्ष सर्वोत्कृष्ट पुरस्कार दिने कर्मचारी भेटाउन सकेन ।

प्रतिक्रिया दिनुहोस