मकवानपुरको भीमफेदीमा जीप दुर्घटना, तीनको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मकवानपुरको भीमफेदीमा जीप दुर्घटना, तीनको मृत्यु


२० भाद्र २०७६, शुक्रबार


हेटौँडा । मकवानपुरको भीमफेदीमा यात्रुवाहक जीप दुर्घटना हुँदा एक शिशु र दुई वृद्धसहित तीन जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रामेछापकी १० महिने शिशु साम्राज्ञी माझी, महोत्तरीका ७० वर्षीय वीरबहादुर वाइवा र सर्लाहीका ६० वर्षीय महेन्द्र सहनी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।

आज भीमफेदीको जुरिखेतमा ना१ज ३६४० नम्बरको जीप दुर्घटना हुँदा १० महिने शिशु माझीको घटनास्थलमै र अन्य दुईको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सर्लाहीबाट काठमाडौँ जाँदै गरेको सर्लाही सुमो सेवाकोे जीप भीमफेदीको चिहानडाँडाबाट तल झर्दा दुर्घटना भएको जनाइएको छ ।

घाइतेहरुको भीमफेदी अस्पताल, हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। घाइतेमध्ये एक बालक रहेका छन् ।

काठमाडौँ–हेटौँडा छोटो मार्गअन्र्तगत जुरिखेतको चिहानडाँडाबाट टाटा सुमो कम्पनीको जीप एक सय मिटर तल झरेको हो । घाइते हुनेमा सर्लाही जिल्लाका जगरनाथ सहनी, राजकुमार दास, सुकदेव वाइवा, अनिता डिम्डुम, योगबहादुर डिम्डुम र सिन्धुलीका दलबहादुर डिम्डुम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस