नेपाली सेनालाई थप व्यवसायीक बनाउँदै लैजाने रक्षामन्त्री पोखरेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाली सेनालाई थप व्यवसायीक बनाउँदै लैजाने रक्षामन्त्री पोखरेल


२० भाद्र २०७६, शुक्रबार


काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाली सेनालाई थप व्यवसायीक बनाउँदै लैजाने बताएका छन् ।

जंगी अड्डामा आज(शुक्रबार)देखि शुरु भएको तीन दिने पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय जगतको समग्र सुरक्षा स्थितीको सम्बन्धमा जानकार रही देशको सुरक्षा स्थितीको मुल्यांकन गर्ने महत्वपूर्ण कामको विविध पक्षहरुको समिक्षा र पुनरावलोकन गरि थप परिस्कृत बनाउदै लैजाने तथा भविष्यमा तय गर्नुपर्ने नीति सम्बन्धमा हुने छलफलले नेपाली सेनालाई थप व्यवसायीक बनाउदै लैजाने धारणा व्यक्त गरेको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बोधनको क्रममा उनले नेपाली सेनाले गरेका देश विकास तथा जनहितका कार्यहरुको प्रसंशा गर्नुका साथै गौरबपूर्ण ईतिहास बोकेको नेपाली सेनाले बदलिंदो परिस्थितीमा आफूलाई अद्यावधिक गर्दै लैजानु पर्नेमा जोड दिएकोसमेत जंगी अड्डाले जनाएको छ ।

समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख तथा सबै पृतनापतिहरुले आ९आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस