२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

अ+ अ-

बाँके । सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

रकम अपचलन गरेको आरोपमा बाँके प्रहरीले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८ का अध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सहकारी वित्तीय विकास संस्था लिमिटेडको तत्कालीन सञ्चालक समितिमा रहेका दुबै जनाले रु ५२ करोड रकम अपचलन गरेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका लागि उहाँहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यौँ, प्रहरीले उहाँहरुलाई खोजिरहेको छ, तर सम्पर्कमा हुनुहुन्न ।’ यसअघि पाठक उक्त सहकारी संस्थाको उपाध्यक्ष पदमा कार्यरत रहेका थिए भने बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा रहेकान थिए ।

सोही मुद्दाको अनुसन्धान अधिकृतसमेत रहेका प्रहरी नायब उपरीक्षक सापकोटाले रकम अपचलन अभियोग लागे पनि अध्यक्षद्वयले के–कति रकम अपचलन गरेको भन्ने अहिले नै स्पष्ट नभएकाले यसबारे थप अनुसन्धानपछि मात्रै यकिन तथ्य खुल्ने बताए । प्रहरीले पक्राउ पुर्जी जारी भएलगत्तै वडाध्यक्षद्वय पाठक र बर्मा भारततिर फरार भएको हुनसक्ने प्रहरीको आशङ्का छ ।

सहकारीको रकम अपचलन मुद्दाको अनुसन्धान गर्ने क्रममा यसअघि प्रहरीले उक्त सहकारीका कर्मचारी रहेका वडाध्यक्ष बर्माका दाई मुख्य आरोपी अरुणकुमार बर्मासहित गङ्गाधर सुवेदी, गोपाल भण्डारी, स्थीरमणि बज्राचार्य, प्रकाश चौधरी र बलराम यादवलाई पक्राउ गरिसकेको छ । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीलगायतका अरु सञ्चालक पनि सम्पर्कविहीन रहेकाले उनीहरुको खोजी तीव्र पारिएको बाँके प्रहरीले जनाएको छ ।

११ हजार ४०८ जना निक्षेपकर्ता रहेको सहकारीको नेपालगन्ज, खजुरा र बैजापुरमा शाखा रहेको थियो । बाँके प्रहरीले सूचना जारी गर्दै बचतकर्ताहरुलाई आफूसँग भएको प्रमाण लिएर सम्पर्कमा आउन सार्वजनिक आह्वान गरिसकेको छ । सहकारी सञ्चालक समितिका केही पदाधिकारीलाई प्रहरीले पक्राउ गरेर थुनेको र केही फरार रहेपछि सहकारी अहिले बन्द अवस्थामा रहेको छ ।