प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने


१९ भाद्र २०७६, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किँदै छन् । स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली हाललाई उपचार प्रक्रिया पूरा गरेर स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री ओली शुक्रबार थाई एयरवेजको नियमित उडानबाट दिउँसो १२ बजे काठमाडौँ आइपुग्ने उनको सचिवालयले जनाइएको छ । उनी ५ भदौंमा उपचारका लागि सिंगापुर गएका थिए ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलिप शर्माका अनुसार सातौँ पटकको प्लाज्माफेरेसिस सफल भएको र त्यसको रिपोर्ट पनि सकारात्मक आएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा डा. दिव्यसिंह शाह र डा. दिलिप शर्माले आलोपालो गरी निगरानी गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस