सरुवा भएका सीडीओ बस्नेतलाई कर्मचारी, जनप्रतिनिधि र स्थानीयद्वारा फूलमालासहित बिदाइ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरुवा भएका सीडीओ बस्नेतलाई कर्मचारी, जनप्रतिनिधि र स्थानीयद्वारा फूलमालासहित बिदाइ


१९ भाद्र २०७६, बिहिबार


काठमाडौँ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी(सिडीओ) ललित बस्नेतलाई जाजरकोटवासीले फूलमालासहित बिदाइ गरेका छन् ।

जाजरकोटबाट पर्साको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका बस्नेतलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत स्थानीयवासिन्दाहरुले अबिरमालासहित बिदाइ गरेका हुन् ।

पुस्तक लेखकसमेत रहेका प्रजिअ बस्नेतले सेवा प्रवाहमा देखाएको सक्रियतालाई कदर गर्दै जिल्लावासीले भव्यरुपमा बिदाइ गरेका हुन् ।

१५ महिने जाजरकोट बसाईका क्रममा जिल्लाका धेरै सकारात्मक पक्षहरूले आफूलाई आकर्षण गरेको प्रजिअ बस्नेतले बताएका छन् । जिल्लास्थित सबैको सक्रिय सहभागिताले छोटो समयमा नै धेरै उपलब्धिमूलक काम गर्न सकेको महसुस गरेको उनले बताए ।

कर्मचारीको सरुवा भई जाने र नयाँ आउने नियमित भई रहने भए पनि कमै मात्र कर्मचारीको बिदाइमा जनप्रतिनिधि तथा स्थानीयवासीले फूलमालासहित बिदाइ गर्ने गरेका छन् । केही दिन अघि मात्रै बझाङका सिडीयो सुरेश सुनारलाई पनि स्थानीयले बाजागाजासहित बजार परिक्रमा गराई बिदाइ गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस