२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्युजिल्याण्डमा बस दुर्घटनामा छ जना चिनियाँ पर्यटकको मृत्यु

अ+ अ-

वेलिङटन । न्युजिल्यान्ड रोटोर्वानजिकै चिनियाँ पर्यटक चढेको एक बस दुर्घटनामा पर्दा छ जना चिनियाँ नागरिकको मृत्यु भएको चिनियाँ राजदूतावासले पुष्टि गरेको छ ।

न्युजिल्याण्डमा रहेको चिनियाँ राजदूतावासका अधिकारीहरुले सो दुर्घटना भएको र त्यसमा परी छ जना चिनियाँ नागरिकको ज्यान गएको जानकारी दिएका छन् ।

चिनियाँ पर्यटक चढेको यो बस चीनको सिचुआन प्रान्तको पर्यटक समूहसँग आवद्ध भएको चिनियाँ राजदूतावासले दिएको जानकारीमा उल्लेख छ ।

चिनियाँ दूतावासले बुधबार विज्ञप्तिमा प्रकाशन गर्दै आकस्मिक छानबीनको संयन्त्र सुरू गरेको जनाएको छ । दूतावासबाट नै छानबीन समिति गठन गरी उक्त सवारी दुर्घटनाको कारणको बारेमा छानवीन गरिने जानकारी दिइएको छ ।

चिनियाँ राजदूत वु सिले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र उनीहरुका आफन्तप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइते चिनियाँ पर्यटकलाई सहयोग गर्न दूताबासका कर्मचारी निर्देशन दिएका छन् ।

चिनियाँ दूतावासले न्यूजिल्याण्ड सरकारलाई घाइतेहरुलाई बचाउन प्रभावकारी कदम चाल्न, दुर्घटनाको कारण छिटो भन्दा छिटो पत्ता लगाउन आग्रहसमेत गरेको छ ।

सो दुर्घटना भएको समयमा २० भन्दा बढी व्यक्ति बसमा सवार रहेको न्युजिल्याण्ड प्रहरीले जानकारी दिएको छ ।रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस