प्रधानमन्त्री ओलीद्वारा दोश्रोपटक सिंगापुरबाट मन्त्रीहरुसँग छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओलीद्वारा दोश्रोपटक सिंगापुरबाट मन्त्रीहरुसँग छलफल


१७ भाद्र २०७६, मंगलबार


काठमाडौं । सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् ।

आज १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी दिने र मन्त्रीहरुले आफ्नो कामका बारे प्रधानमन्त्रीलाई अपडेट गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छ ।

यसअघि पनि प्रधानमन्त्री ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रीहरुसँग सिंगापुरबाटै छलफल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस