ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता नखेल्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता नखेल्ने


१७ भाद्र २०७६, मंगलबार


काठमाडौं । नेपाली राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले ओमानमा हुने अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिता नखेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यान समेत रहेका मल्ल पाँच राष्ट्रबीच हुने टी–ट्वान्टी क्रिकेट सिरिजमा सहभागि नहुने भएका हुन् ।

नेपाली राष्ट्रिय टोलीका मिडिया म्यानेजर सुरज शाक्यका अनुसार उनले आफ्नै व्यक्तिगत कारणले सिरिज नखेल्ने भएको बताएका छन् । आयोजक ओमानसँगै नेपाल ओमान, आयरल्याण्ड, नेदरल्याण्ड र हङकङले सहभागिता जनाउने छन् ।

असोज १८ देखि २३ सम्म हुने प्रतियोगितामा नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ ।

ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका:
नेपाल भर्सेस हङकङ – ६ अक्टोबर
नेपाल भर्सेस नेदरल्यान्ड्स- ७ अक्टोबर
नेपाल भर्सेस आयरल्यान्ड – ९ अक्टोबर
नेपाल भर्सेस ओमान – १० अक्टोबर

प्रतिक्रिया दिनुहोस