घुससहित पूर्व कर्मचारी पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घुससहित पूर्व कर्मचारी पक्राउ


प्रशासन विशेष ब्युरो

१६ भाद्र २०७६, सोमबार


घुस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बाराका एक जना पूर्वकर्मचारीलाई घुस रकमसहित नियन्त्रमा लिएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय बाराकाको मुद्दा फाँटका पूर्व करार कर्मचारी हरिमोहन सिंह क्षेत्रीले सोमबार सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिँदै गरेको समयमा पक्राउ गरिएको हो ।

जग्गा सम्बन्धी कागजात रोकेर राखिदिने भन्दै बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा हेटौडाबाट खटिई गएको आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस