शाखा अधिकृत र नासु घुससहित रंगेहात पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शाखा अधिकृत र नासु घुससहित रंगेहात पक्राउ


प्रशासन विशेष ब्युरो

१५ भाद्र २०७६, आइतबार


अख्तियार

काठमाडौँ । शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी. पक्राउ परेका छन् ।

विद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी.ले अस्थायी शिक्षकबाट राजीनामा दिए पश्चात् गोल्डेन हेण्डसेक बापतको रकम कलमको रेकर्ड मिलान गरी दिनका लागि सेवाग्राहीसँग पन्ध्र हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गालबाट खटिई गएको टोलीले दुबैलाई पक्राउ गरेको हो ।

दुबैजनालाई घुस रकम सहित नासु के.सी.को कार्यकक्षबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस