गाई भीरबाट खसालेको घटनामा गृहद्वारा छानविन शुरु « प्रशासन

गाई भीरबाट खसालेको घटनामा गृहद्वारा छानविन शुरु


प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार १७:२६

काठमाडौँ । नेपालगञ्जबाट ल्याएका गाईगोरु बाटोमै भीरबाट फालेको घटनाबारे गृह मन्त्रालयले छानविन थालेको छ ।

उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति नै बनाइएको मन्त्रालयले जनाएको छ ।

समितिलाई १५ दिनभित्र यसबारे अध्ययन गरी संलग्नहरुलाई कानूनी कारबाहीको सिफारिस गर्न भनिएको छ ।

गौहत्या गम्भीर अपराध भएको भन्दै मन्त्रालयले संलग्न व्यक्तिहरुलाई कानून बमोजिम हैदसम्म कारबाही गरिने बताएको छ ।

दैलेखको श्रीनाथ लैजान भन्दै नेपालगञ्जको काञ्जी हाउसमा रहेका गाई, गोरु, बाच्छाबाच्छीलाई पठाइएको थियो । तर सुर्खेतको वीरेन्द्रनगर ११ स्थित ब्यूरेनी खोलामा २४ वटा गाईगोरु मृत भेटिए । १४४ वटा त्यही छाडिएका थिए ।

गाई गोरु छाड्ने ५ वटा ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस