अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने


१३ भाद्र २०७६, शुक्रबार


काठमाडौं । एकता प्रक्रिया टुङ्गो लगाउने अन्तिम तयारीमा रहेको सत्तारूढ दल नेकपा निकट अनेरास्ववियूले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ ।

एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १ सय ८० जना र साविक माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) बाट १ सय ५५ जना रहनेछन् ।

यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम All Nepal National lndependent Students’ Union रहने पनि निर्णय भएको छ । अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि छलफल गर्न सकिने जनाइएको छ ।

आज विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज बिनोद ढकाल, संय‍ोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङसहितको औपचारिक बैठकले विभिन्न तीन उपसमिति समेत बनाएको छ।

ऐन महरको संयोजक, सुरेन्द्र बस्नेत र पञ्चा सिंह सदस्य रहेको राजनीतिक / सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति बनाएको छ ।

रञ्जित तामाङको संयोजकत्वमा विधान मस्यौदा उपसमिति बनाइएको छ । सदस्यमा सुनिता बराल र समिक वडाल रहेका छन् । यस्तै, उत्तम अधिकारीको संयोजकत्वमा आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमिति बनाइएको छ । यो समितिको सदस्यहरूमा आरसी लामिछाने, झपिन्द्र खत्री र केशव रावल रहेका छन् ।

शुक्रबार बसेको बैठकले एकताको केन्द्रीय समितिको पहिलो बैठक भाद्र ३१ र १ गते बस्ने निर्णयसमेत गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस