२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने

अ+ अ-

काठमाडौं । एकता प्रक्रिया टुङ्गो लगाउने अन्तिम तयारीमा रहेको सत्तारूढ दल नेकपा निकट अनेरास्ववियूले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ ।

एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १ सय ८० जना र साविक माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) बाट १ सय ५५ जना रहनेछन् ।

यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम All Nepal National lndependent Students’ Union रहने पनि निर्णय भएको छ । अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि छलफल गर्न सकिने जनाइएको छ ।

आज विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज बिनोद ढकाल, संय‍ोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङसहितको औपचारिक बैठकले विभिन्न तीन उपसमिति समेत बनाएको छ।

ऐन महरको संयोजक, सुरेन्द्र बस्नेत र पञ्चा सिंह सदस्य रहेको राजनीतिक / सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति बनाएको छ ।

रञ्जित तामाङको संयोजकत्वमा विधान मस्यौदा उपसमिति बनाइएको छ । सदस्यमा सुनिता बराल र समिक वडाल रहेका छन् । यस्तै, उत्तम अधिकारीको संयोजकत्वमा आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमिति बनाइएको छ । यो समितिको सदस्यहरूमा आरसी लामिछाने, झपिन्द्र खत्री र केशव रावल रहेका छन् ।

शुक्रबार बसेको बैठकले एकताको केन्द्रीय समितिको पहिलो बैठक भाद्र ३१ र १ गते बस्ने निर्णयसमेत गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।