कुखुरा फर्ममा आगलागी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कुखुरा फर्ममा आगलागी


प्रशासन संवाददाता

१३ भाद्र २०७६, शुक्रबार


महोत्तरी । महोत्तरीको गौशला नगरपालिका–६ फुल्काहामा रहेको एक कुखुराको फर्ममा शुक्रवार(आज)  बिहान आगलागी भएको छ ।

आगलागीमा शैलेन्द्र कुमार यादवले सञ्चालन गरेको कुखुरा फर्ममा कुखुराको दाना, चल्ला र फर्म जलेर नष्ट हुँदा २ लाख ५० हजार बरावरको क्षति भएको छ ।

कुखुरा फर्ममा आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आगलागीपछी इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ । आगो किन र कसरी लागेकोहो भन्ने बिषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस