उपत्यकासहित देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपत्यकासहित देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना


प्रशासन संवाददाता

१३ भाद्र २०७६, शुक्रबार


काठमाडौं । देशभरको मौसम सामान्य बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पुवार्नुमान महाशाखाले जनाएको छ ।

पूर्व र मध्य केही तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै राति पनि केही स्थानमा हल्का्देखि मध्यमसम्म वर्षा हुने महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि अहिले आंशिक बदली छ । दिउँसो वा साँझपख वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । काडेलका अनुसार अहिले मनसुन निस्क्रियजत्तिकै छ । किनकि अहिले पानी पार्ने सशक्त प्रणाली न्यून चापीय रेखा औसत स्थानबाट दक्षिण अर्थात् नेपालदेखि टाढा रहेकाले पानी पर्ने सम्भावना कम छ ।

तर मनसुनको समय अझै एक महिना बाँकी नै रहेकाले पुनः ठूलो वर्षा हुने सम्भावना भने बाँकी नै रहेको उनले बताइन ।

Tags :
प्रतिक्रिया दिनुहोस