पूर्वसांसद श्याम सुन्दर गुप्तासहित ५ जनालाई १० वर्ष कैद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वसांसद श्याम सुन्दर गुप्तासहित ५ जनालाई १० वर्ष कैद


प्रशासन विशेष ब्युरो

१२ भाद्र २०७६, बिहिबार


काठमाडौँ । उच्च अदालत पाटनले अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा पूर्वसांसद श्याम सुन्दर गुप्ता लगायत ५ जना लाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।

न्यायाधीश गुणराज ढुङ्गेल र टेकप्रसाद ढुङ्गानाको इजलासले गुप्ताका साथै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो ।

जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालतले उनलाई सजाय थप गरेको हो । यसअघि उनी जिल्ला अदालतको फैसला अनुसारको सजाय काट्दै २०७० साउन २ गते रिहा भएका थिए।

२०६८ माघमा व्यापारी पवनकुमार संघाईको अपहरणको मुख्य योजनाकार र फिरौतीबापत ८५ लाख रुपैयाँ लिने अभियुक्त गुप्तालाई सात वर्ष जेल सजाय तोकिएकोमा ३ वर्ष ६ महिना कैद सजाय मिनाहासहित ३ वर्ष ६ महिनामा जेल बसेर मुक्त भएका थिए ।

नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत भइसकेका गुप्ताले व्यापारी पवनकुमार संघाईलाई अपहरण गरी फिरौतीबापत ८५ लाख रुपैयाँ लिई मुक्त गरेको अभियोग लागेको थियो।

प्रतिक्रिया दिनुहोस