सहायक प्रधानाध्यापक र लेखापाल एक लाख ५० हजार घुससहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सहायक प्रधानाध्यापक र लेखापाल एक लाख ५० हजार घुससहित पक्राउ


१२ भाद्र २०७६, बिहिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय, काठमाडौँ महानगरपालिका ७ चाबहिलका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत विक्रम बिसीलाई पक्राउ गरेको छ ।

विद्यालयमा क्यान्टिन बनाउने कार्य सम्पन्न गरी मूल्याङ्कन समेत भई रकम निकासा गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले लेखापाल पराजुली र सहायक प्रधानाध्यापक बिसीलाई सेवाग्राहीसँग एक लाख पचास हजार घुस लिइसकेको अवस्थामा विद्यालय परिसरबाटै पक्राउ गरेको हो ।

उनीहरू दुबैजनालाई घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस