घुस लिएको अभियोगमा नायव सुब्बा ठाकुरविरूद्ध मुद्धा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घुस लिएको अभियोगमा नायव सुब्बा ठाकुरविरूद्ध मुद्धा


९ भाद्र २०७६, सोमबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका नायव सुब्बा मिथिलेश्वर ठाकुर विरूद्ध सेवाग्राहीसँग घुसलिएको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

जग्गाधनीको स्रेस्ताबाट जग्गाको मोहीको लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको प्रमाण भेटिएपछि नायव सुब्बा ठाकुर विरुद्ध सोमबार मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस