सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि


९ भाद्र २०७६, सोमबार


काठमाडौं । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७३ हजार ५ सय र तेजावी सुन ७२ हजार २ सय रूपैयाँ तोकेको छ ।

आईतबारको तुलनामा दुबैथरी सुनको मूल्यमा प्रतितोला १ हजार रुपैयाँले बृद्धि भएको हो । सोमाबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर ८६० रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस