जिल्ला न्यायाधीशको दरबन्दी थप्न प्रस्ताव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिल्ला न्यायाधीशको दरबन्दी थप्न प्रस्ताव


९ भाद्र २०७६, सोमबार


काठमाडौँ । जिल्ला न्यायाधीशको दरबन्दी थपका लागि प्रस्ताव गरिएको छ । न्यायपरिषदले ४७ जिल्ला न्यायाधीशको दरबन्दी थप गर्न मन्त्रीपरिषदमा प्रस्ताव पेश गरेको हो ।

परिषदले तीन चरणमा पदपूर्ति गर्ने गरी दरबन्दी थपको प्रस्ताव गरेको हो ।

दरबन्दी स्वीकृतिबारे मन्त्रीपरिषदबाट कुनै पनि जानकारी नआएको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताएका छन् ।

प्रस्तावअनुसार दरबन्दी स्वीकृत भएमा पहिलो चरणमा १७ न्यायाधीशको पदपूर्ति हुनेछ । त्यसपछि त्रमशः १५–१५ जना न्यायाधीको पदपूर्ति हुनेछ । दरबन्दी स्वीकृत भएमा चालू आर्थिकवर्षमा नै पदपूर्तिसमेत हुनेछ ।

हाल जिल्ला अदालतमा २४० न्यायाधीको दरबन्दी रहेको छ ।

यस्तै उच्च अदालतमा १६० र सर्वोच्चमा प्रधानन्यायाधीशसमेत २१ जना न्यायाधीश रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस