रवि लामिछानेसहित ३ जना विरुद्ध ‘आत्महत्या दुरुत्साहन’ को मुद्दा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रवि लामिछानेसहित ३ जना विरुद्ध ‘आत्महत्या दुरुत्साहन’ को मुद्दा


८ भाद्र २०७६, आइतबार


काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । र, अध्ययनपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा पेश गरिएको हो ।

केहीबेरमै यो मुद्दामा थुनछेक बहस सुरु हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस