२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान कार्यान्वयनमा दलहरु एकजुट हुनुपर्छ : सांसद

अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमलाका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

आजको बैठकमा उनले भने, ‘पूर्वराजाका छोराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवाञ्छित गतिविधि प्रदर्शन गरेकामा सरकारको ध्यान गएको छ कि छैन ? बगेको खोला फर्किदैन, अब राजतन्त्र फर्किंदैन ।

राजतन्त्र फर्काउने सपना कसैले नदेखे हुन्छ ।’ सांसद बाँस्कोटाले लोकतन्त्र भिडतन्त्र होइन, न्यायको निसाफ न्यायलयबाट हुने चर्चा गर्दै सञ्चारकर्मी रवि लामिछानेका बारेमा सरकारको धारणा के हो रु स्पष्ट गर्न माग गरे ।

अर्का सांसद रमेशजङ्ग रायमाझीले लोकतन्त्र र गणतन्त्र ल्याउन नेपाली काग्रेसस र वाम एकता भए झैँ लोकतन्त्र र गणतन्त्र बलियो बनाउन पनि दुई पार्टी एक ठाउँमा उभिन आग्रह गरे ।

उनले भने, ‘काग्रेस र वाम पार्टीबीचमा पानी बाराबारको स्थिति होइन, एक अर्काका अस्तित्व स्वीकार्य हुनुपर्छ । संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार गर्न जानुअघि सर्वदलीय बैठक आयोजना गर्नुभएकोमा म धन्यवाद दिन्छु ।’

सांसद युटल तामाङले मुगु जिल्लामा हालैको बाढीले जलविद्युत् आयोजना बगाउँदा अन्धकार भएकाले तुरुन्त मर्मत गर्न माग गरे । ‘बडादशैँको मुखमा कर्णालीका अधिकांश सडक सञ्चालन नभएकाले सडक मर्मतमा ध्यान दिँदै कर्णालीका जिल्लामा नियमित हवाई उडानको प्रबन्ध मिलाउनुपर्‍यो । कर्णालीमा कर्मचारी नम्बर लिन मात्र जानुभएन । विकास गर्छु भन्ने भावना लिनुपर्‍यो’ उनले भने।

अर्का सांसद रामप्रित पासवानले तराई/मधेशका डुबान पीडितलाई राहत दिएको भनिएपनि वास्तविक पीडितले नपाएको गुनासो गरे । प्रदेश २ लाई बाढी/डुबानग्रस्त घोषणा गर्न माग गर्दै उनले सरकारले वितरण गरेको भनिएको ? सात करोड रकम कहाँ कुन जनताले पाए त्यसको हिसाब सार्वजनिक गर्नु पर्दछ भने ।

सांसद रामलखन चमारले नवलपरासीलगायत तराई/मधेशका १३ वटा उखु मिलले किसानलाई भुक्तानी नदिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै धानमा मल हाल्ने समयमा मल नपाएको बताए ।

सांसद युटल तामाङले मुगु जिल्लामा हालैको बाढीले जलविद्युत् आयोजना बगाउँदा अन्धकार भएकाले तुरुन्त मर्मत गर्न माग गरे। ‘वडादशैँको मुखमा कर्णालीका अधिकांश सडक सञ्चालन नभएकाले सडक मर्मतमा ध्यान दिँदै कर्णालीका जिल्लामा नियमित हवाई उडानको प्रबन्ध मिलाउनुपर्‍यो । कर्णालीमा कर्मचारी नम्बर लिन मात्र जानुभएन । विकास गर्छु भन्ने भावना लिनुपर्‍यो’ उनले भने ।

अर्का सांसद रामप्रित पासवानले तराई/मधेशका डुबान पीडितलाई नाममात्रको राहत दिएको भनिएपनि वास्तविक पीडितले नपाएको गुनासो गरे । प्रदेश २ लाई बाढी/डुबानग्रस्त घोषणा गर्न माग गर्दै उनले सरकारले वितरण गरेको भनिएको रु सात करोड रकम कहाँ कुन जनताले पाए त्यसको हिसाब सार्वजनिक गर्नु पर्दछ भने ।

सांसद रामलखन चमारले नवलपरासीलगायत तराई/मधेशका १३ वटा उखु मिलले किसानलाई भुक्तानी नदिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै धानमा मल हाल्ने समयमा मल नपाएको बताए ।रासस

प्रतिक्रिया दिनुहोस