राप्रपा (संयुक्त)को केन्द्रीय समिति बैठक भदौ १९ मा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राप्रपा (संयुक्त)को केन्द्रीय समिति बैठक भदौ १९ मा


६ भाद्र २०७६, शुक्रबार


काठमाडौं । राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक भदौ १९ र २० गते काठमाडौँमा बस्ने भएको छ ।

पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षद्वयको नेतृत्वमा रहेको राप्रपा (संयुक्त) को दुई दिन चल्ने उक्त बैठकले जनकपुर–वाल्मीकि आश्रम–लुम्बिनी यात्रालाई दिशानिर्देश गर्नेछ ।

बैठकले समसामयिक घटनाक्रम मध्यनजर गर्दै पार्टीको भावी नीति, कार्यक्रमबारे छलफल र महत्वपूर्ण निर्णय लिने तथा आगामी उपनिर्वाचनका विषयमा पनि नीतिगत निर्णय गर्ने बताइएको छ ।

राप्रपा (संयुक्त)ले सम्वद्र्धनवादी उदारवाद, लोककल्याणकारी उदारवाद, सनातन हिन्दू राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षमा वकालत गर्दै आएको तथा संविधानको मूलभूत आधारमा असहमतिका बाबजुद राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र मानव अधिकारप्रति प्रतिबद्ध रहेको पार्टीले जनाएको छ ।

राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को एकीकरणपश्चात् सम्पन्न हुन लागेको यो पहिलो केन्द्रीय कार्यसमितिको बैठक हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस