दुई दर्जन डाक्टरद्वारा सामूहिक राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई दर्जन डाक्टरद्वारा सामूहिक राजीनामा


६ भाद्र २०७६, शुक्रबार


कर्मचारी

काठमाडौँ । जिल्ला स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्।

प्रतिष्ठानका पदाधिकारीहरुको ज्यादतीका कारण आफूहरुले काम गर्न नसकेको जनाउँदै विहिवार बेलुका उनिहरुले सामुहिक राजीनामा दिएका हुन्।

प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले बारम्बार डाक्टरहरुलाई स्पष्टिकरण सोध्ने, जागिर खाईदिने धम्कीसम्म दिने गरेको भन्दै उनिहरुले आफूहरु शारिरिक तथा मानसिक रुपमा विक्षिप्त भएको उल्लेख गरेका छन्।

हालै मात्रै केहि चिकित्सकहरुलाई लाञ्छना लगाई बर्खास्त गर्न खोजेको समेत उनिहरुले राजीनामापत्रमा उल्लेख गरेका छन् ।

उपकुलपतिका कारण मानसिक तथा शारिरिक दबाब महशुस गरेको भन्दै राजीनामा दिएका डाक्टरहरुले यो ज्यादती सहेर कुनैपनि काम गर्न नसक्ने उल्लेख गरेका छन्।

प्रतिष्ठानका दुईदर्जन चिकित्सकहरुले एकैपटक राजीनामा दिएपछि प्रतिष्ठानको उपचार सेवा प्रभावित बनेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस