पुर्नबाहलीको माग गदै धर्ना « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पुर्नबाहलीको माग गदै धर्ना


६ भाद्र २०७६, शुक्रबार


डोटी । रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीन कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएको विरोधमा नेपाल पत्रकार महासंघ डोटी शाखाको अगुवाईमा पुर्नबाहलीको माग गर्दै धर्ना सुरु गरेको छ ।

रेडियो नेपालमा कार्यरत तीन जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेपछि पुनर्वहाली गर्नु पर्ने माग गर्दै मुखमा कालो पट्टी बाधेर धर्ना सुरु गरिएको नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए ।

पहिलो चरणमा आज देखि तीन दिनसम्म पत्रकार महासंघ डोटीको अगुवाईमा प्रदेश प्रशारण केन्द्र दीपायलको गेटमा धर्ना सुरु गरिएको हो ।

प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिना सुचना बर्खास्त गरेपछि महासंघले रेडियो प्रसार सेवा बिकास समितिलाई ज्ञापन पत्र बुझाउनुका साथै विज्ञप्ती जारी गर्दै पुर्नबाहलीको लागि जोडदार माग गरेको छ ।

रावल १० बर्ष देखि रेडियो नेपालमा कार्यरत थिइन् भने बम र कुँवर तीन बर्षदेखि कार्यरत थिए । तीनै जनालाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो। भाद्र १ गते देखि लागु हुने गरी अन्य तीन जनालाई नियुक्ती दिईएको छ ।

प्रतिक्रिया दिनुहोस