योजना आयोगका एक कर्मचारी सिंहदरवारमा मृत भेटिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

योजना आयोगका एक कर्मचारी सिंहदरवारमा मृत भेटिए


३ भाद्र २०७६, मंगलबार


काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् ।

आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरवारस्थित कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका हुन् ।

उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका गरिएको छ ।

महानरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले एक कर्मचारीले आत्महत्या गरेको खबर आएपछि प्रहरी टोली गएर अनुसन्धान थालेको बताए ।

प्रहरी अहिले घटनास्थलमा छ ।

घटनाबारे ११ बजेतिर थाहा पाएको योजना आयोगका कर्मचारीहरुले बताएका छन् । अहिले उक्त घटना सीसीटीभीमा हेर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस