भरतपुरमा सुरक्षा व्यवस्था कडा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

भरतपुरमा सुरक्षा व्यवस्था कडा


२ भाद्र २०७६, सोमबार


चितवन । भरतपुरमा सुरक्षा व्यवस्था कडा गरिएको छ । दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको मुख्य गेट वरपर निषेधित क्षेत्र घोषणा गरिएको छ। भरतपुरको चौविसकोठीदेखि मालपोत चोकसम्मको क्षेत्रलाई प्रदर्शनका लागि निषेधित क्षेत्र घोषणा गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले निषेधित क्षेत्रमा प्रवेश, हुलहुज्जतलगायत अराजक क्रियाकलाप गर्नेलाई नियन्त्रण गरी कारबाही गरिने चेतावनी पनि दिइएको छ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका आरोपी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अहिले न्यायिक हिरासतमा रहेका छन्।

उनीहरूमाथि जिल्ला अदालतबाट थप गरिएको ५ दिनको म्याद सोमबार राति सकिँदै छ। म्याद सकिँदै गर्दा हुने सम्भावित प्रदर्शन तथा तोडफोडलाई मध्यनजर गरी भरतपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस