विप्लव समूहका युवा संगठन केन्द्रीय सदस्यद्वारा आत्म समर्पण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विप्लव समूहका युवा संगठन केन्द्रीय सदस्यद्वारा आत्म समर्पण


१ भाद्र २०७६, आइतबार


काठमाडौँ । विप्लव समूहका युवा सङ्गठनका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी सदस्य योर्साङ तामाङले आत्म समर्पण गरेका छन् ।

विज्ञप्ति निकालेर जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन अधिकारीलगायत सुरक्षा निकायका जिल्लास्थित प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, पत्रकारको रोहवरमा आत्म समर्पण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै सरकारद्वारा प्रतिबन्धित नेकपा९विप्लव० समूहमा विगत समयदेखि आवद्धता रहेकोमा भाद्र १ गतेदेखि उक्त समूहको तोकिएको युवा सङ्गठन, नेपालको केन्द्रीय सदस्य पद तथा जिल्ला कमिटी सदस्य लगायत समूहको कुनै पनि सदस्यता तथा समूहमा नरहने जनाउँदै आत्म समर्पण गरेका हुन् ।

आमाछोदिङमो गाउँपालिका ४ का योर्साङ तामाङले आम सर्वसाधारण जनता सरह जीवन यापन गर्ने र प्रहरीले बोलाएको समयमा उपस्थिति हुने प्रतिबद्धता विज्ञप्तिमा जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस