नेकपाको सचिवालय बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपाको सचिवालय बैठक बस्दै


१ भाद्र २०७६, आइतबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको छ ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटव्यूरो गठन, जनवर्गीय संगठनका इञ्चार्ज र सहइञ्चार्ज तोक्नेलगायतका एजेण्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।

यस अघि शनिबार अपरान्ह ४ बजे बस्ने भनिएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो ।

वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालको वरीयता निर्धारणबारे पनि बैठकमा छलफल हुन सक्ने बताइएको छ ।

नेकपाले एकतालाई पूर्णता दिइसकेपछि भदौमा देशव्यापी अभियान चलाउने योजना बनाएको छ ।

 

नेकपाले तोक्यो ३३ विभागहरूका प्रमुख र उपप्रमुख (सूचीसहित)

 

Tags :
प्रतिक्रिया दिनुहोस