नेकपा सचिवालय बैठक आज पनि बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा सचिवालय बैठक आज पनि बस्दै


३२ श्रावण २०७६, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्ने भएको छ।

आजको बैठकमा जनवर्गीय संगठनको इन्चार्ज तोक्ने बताइएको छ। साथै, विशेष जिल्लाहरुको नेतृत्व चयन हुने बताइएको छ।

शुक्रबार बसेको बैठकले विभागको नेतृत्व चयन गरेको थियो। ३२ विभागमध्ये १८ मा पूर्व एमालेले नेतृत्व पाएको थियो भने बाँकीमा पूर्व माओवादीका नेताहरुले जिम्मेवारी पाएका छन्।

शुक्रबार नै बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावपछि सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष चयन भएका थिए। उपाध्यक्षमा गौतमलाई अघि सारेपछि अरु दुई नेता माधवकुमार नेपाल र झलनाथ खनालको वरीयता के हुने अन्योल भएको छ।

सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस